विप्लव समूहद्वारा माइक्रो फाइनान्सका कर्मचारी नियन्त्रणमा




अछाम, असोज ६
कोरोना महामारीकाबीच पनि चर्को व्याज असुलेको भन्दै नेत्रविक्रम चन्द (विप्लव) समूहले अछामको एक माइक्रो फाइनान्सका कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

कोरोना महामारीका कारण सर्वसाधरणलाई गुजारा चलाउन समस्या भइरहेका बेला चर्को व्याज असुलेको भन्दै ‘विप्लव समूहले अछामको एनआरएन माइक्रो फाइनान्सका कर्मचारी दिपक शाहीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

जीवन गुजारामै समस्या भइरहेका बेला सामाजिक उतरदायित्व निभाउँदै राहत सुविधा दिनको सट्टा चर्को व्याज असुलेको भन्दै विप्लव समूहले शाहीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

पार्टीले पटक–पटक विज्ञप्ती र फोनमार्फत कोरोनाको बेला चर्को व्याज नअसुल्न अनुरोध गर्दा पनि अटेर गरेका कारण एनआरएन वित्तीय संस्थाको कर्मचारीलाई नियन्त्रणमा लिएको नेकपा अछाम विप्लवले जनाएको छ । गत महिना एनआरएन वित्तीय संस्थालाई मंगलसेन नगरपालिकामा पार्टीले कारवाही समेत गरेको नेकपा अछाम (विप्लव’ ले जनाएको छ ।

असोज ५ गते डिप्रोक्स वित्तीय संस्थाका कर्मचारीले संकलन गरेको २ लाख ५० हजार रकम समेत स्थानीयहरुलाई फिर्ता गरेको विज्ञप्तीमार्फत जानकारी दिएको छ । डिप्रोक्स वित्तीय संस्थाका कर्मचारी जनक अधिकारीले संकलन गरेको रकम जोबाट संकलन गरेको उनीहरुलाई नै बाँडिएको जनाइएको छ । अबदेखि व्याज नअसुल्न भन्दै अधिकारीलाई सम्झाई बुझाई छोडिएको नेकपा अछाम (विप्लव) ले जनाएको छ ।

जनहित विपरीत गतिविधि सञ्चालन गरेका र नेपाल सरकारको मौद्रिक नीति उल्लंघन गर्ने सवै वित्तीय संस्थालाई कार्वाही गरिने पार्टीको नीति रहेको नेकपा अछाम (विप्लव) का जिल्ला सचिव आखिरले जानकारी गराएका छन् । नियन्त्रणमा लिएका कर्मचारीको अवस्थाबारे विप्लव समूहले स्पष्ट पारेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News