आज फेरि बढ्यो सुनको मूल्य


 



काठमाडौं, कात्तिक २३
नेपाली बजारमा सुनको मूल्य आजपनि बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ९७ हजार सात सय पुगेको छ । सुन हिजो प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोला २० रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय ७५ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २३ कार्तिक २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्