रातो मत्स्येन्द्रनाथको भोटो जावलाखेलमा प्रदर्शन, प्रधानमन्त्री र राष्ट्रपतिकाे उपस्थिति



काठमाडौँ, ६ असार । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो शनिबार ललितपुरको जावलाखेल मा सर्वसाधारणलाई प्रदर्शन गरिएको छ।

परम्परागत सांस्कृतिक विधिअनुसार आयोजित विशेष समारोहबीच भोटो देखाउने कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति रहेको थियो।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायधिष मनोजकुमार शर्मा तथा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी भएका थिए।

त्यसैगरी गृह मन्त्रि सुधन गुरुङसहित मन्त्रीहरू तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।

परम्पराअनुसार रातो मत्स्येन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिन राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने प्रचलन रहँदै आएको छ। लिच्छविकालदेखि सुरु भएको मानिने भोटो जात्रा नेपालको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक परम्परामध्ये एक मानिन्छ।

कपडाको थैलीमा शिलबन्दी गरी सुरक्षित राखिएको मणिमाणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको उल्लेख्य भीड लागेको थियो।

प्रकाशित मिति: ६ असार २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्