ह्वात्तै घट्यो सुनको मूल्य


 


काठमाडौं, कार्तिक २५
मंगलबार सुनको भाउ ह्वात्तै घटेकाे छ। नेपाली बजारमा सुनको प्रतितोला मूल्य एकैदिन तीन हजार चार सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार ९८ हजार दुई सयमा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार ९४ हजार ८ सय रुपैयाँ आईपुगेको छ । यस्तै महासंघले तेजाबी सुनको मूल्य मंगलबारका लागि ९४ हजार तीन सय रुपैयाँ तोकेको छ ।

यस्तै चाँदीको प्रतितोला मूल्यमा पनि ७० रुपैयाँको गिरावट आएर १२ सय १५ रुपैयाँ भाउ पुगेको महासंघले जनाएको छ । कोरोना बिरुद्धको खोप ९० प्रतिशतसम्म प्रभावकारी रहेको भन्ने सोमबारको अन्तर्राष्ट्रिय समाचारको प्रभाव सुन बजारमा परेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

प्रकाशित मिति: २५ कार्तिक २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्