महिला विश्वकप क्रिकेटको एसियाली छनौटमा नेपालको पहिलो जित


 


काठमाडौं, असोज २५

आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनौटमा मंगलबार भएको तेस्रो खेलमा नेपालले चीनलाई २० रनले हराएको छ ।

९६ रनको लक्ष्य दिएको नेपाले चीन लाई निर्धारित २० ओभरमा ८ विकेटेको क्षतिमा ७५ रनमै रोक्न सफल भयो।

चीनकी वु जुएनले ११ तथा जोउ मिएओ र लि यिङयिङले समान १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकपनि छुन सकेनन् ।

नेपालकी सीता राना मगरले तीन तथा सबनम राईले दुई विकेट लिइन् ।

हङकङको कोवलुनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९५ रन बनाएको थियो ।

नेपालका लागि नेरी थापाले सर्वाधिक ३८ रन र निर्मला कुमारी शाहीले १४ तथा ज्योती पाण्डेले १० रन बनाइन् ।

पहिलो खेलमा नेपालले आयोजक हङकङसँग र दोस्रो खेलमा थाइल्याण्डसँग हारको सामना गर्नु परेको थियो ।

प्रकाशित मिति: २५ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्