सुनको मूल्य आज फेरि बढ्यो

काठमाडौं, कात्तिक २८
आज सुनको मूल्य फेरि बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ९५ हजार दुई सयमा पुगेको छ ।
सुन हिजो प्रतितोला ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । त्यसको अघिल्लो दिन सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थीर छ । चाँदी आज पनि प्रतितोला एक हजार दुई सय २० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: २८ कार्तिक २०७७, शुक्रबार












