मनतातो पानीका आश्चर्यजनक पाँच फाइदा


 


काठमाडौं
सामान्यतया मनतातो पानी जुनसुकै मौसममा सजिलै पिउन सकिन्छ । यसले पाचन सुधार गर्नुका साथै, कब्जियतको समस्यालाई पनि निर्मूल गरी शरीरलाई आराम महसुस गराउँदछ।

यस्ता छन् मनतातो पानीको अचुक फाइदाहरू:
१. पाचन प्रणालीको सुधार
दैनिकरुपमा मनतातो पानीको सेवनले पाचन प्रणालीलाई सुधार गर्नुको साथै यसले खानालाई सजिलै पचाउन मद्दत गर्दछ। यसले कब्जियत भएका व्यक्तिलाईसमेत रामवाणको काम गर्दछ। कतिपय मानिसहरूलाई जाडो मौसममा पिसाब सम्बन्धी समस्या हुने गर्दछ जसका कारण उनीहरूले नियमित रूपमा टोइलेट गइराख्नु पर्दछ। यस्तो समस्याबाट बच्न सधैँ मनतातो पानी पिउनुपर्छ ।
  
२. रुघाखोकीबाट टाढा
चिसो मौसममा प्रायस् मानिसहरूलाई रुघा खोकी लाग्ने गर्दछ। दैनिक मनतातो पानीको सेवनले जाडो मौसममा हुने सम्पूर्ण भाइरल तथा सङ्क्रमणहरूलाई टाढा राख्दछ। त्यसै गरी, यदि कोही व्यक्ति त्यस्तो सङ्क्रमण भएको व्यक्तिको सम्पर्कमा आउँछ भने सङ्क्रमणको समस्या आउन नदिन दैनिक मनतातो सेवन गर्नु लाभदायक हुने गर्दछ।
       
३. रक्त प्रवाहमा सहयोग
दैनिक मनतातो पानीको सेवनले शरीरमा रक्त प्रवाह राम्रोसँग हुने गर्दछ। यदि शरीरमा राम्रो सँग रक्त प्रवाह भयो भने रक्तचाप देखि हृदय सम्बन्धी रोगको जोखिम कम भएर जान्छ।  त्यसैगरि रात्रिकालीन अवस्थामा मनतातो पानीले नुहाउँदा आरामदायी निद्रा लाग्ने गर्छ। 

४. तनाव घटाउन सहयोगी
एक अध्ययनका अनुसार, नियमितरुपमा मनतातो पानी पिउँदा केन्द्रीय स्नायु प्रणालीको कार्यहरू सुधार हुनुको साथै यसले चिन्ता वा तनावबाट मुक्ति दिने गर्दछ।  त्यसैगरी मनतातो पानीमा थोरै दूध मिसाएर पिउँदा मानिसलाई शान्त महसुस गराई कार्यक्षमतालाई वृद्धि गर्ने  गर्दछ।  

५. तौल घटाउन मद्दत
जाडो मौसममा मानिसहरू प्रायस् चिल्लो, पिरो, फ्राइड तथा अन्य परिकारका खानाहरू सेवन गर्ने गर्दछन् र यी खानाहरू चिसो मौसममा पच्ने पनि गर्दछन्। अन्ततः यसले तौल बढ्ने समस्या निम्त्याउँछ । नियमित रूपमा मनतातो पानी पिउँदा यस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ।

प्रकाशित मिति: २ मंसिर २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्