आज पनि घट्यो सुनचाँदीको मूल्य


 


काठमाडौं, मंसिर ५
सुनचाँदीको मूल्य आजपनि घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ९४ हजारमा झरेको छ ।

सुन हिजो प्रतितोला ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । सुन हिजो पनि अघिल्लो दिनको तुलनामा तोलामा ६ सय रुपैयाँ घटेको थियो ।

त्यस्तै आज चाँदी पनि प्रतितोला पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय १० रुपैयाँ कायम भएको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ५ मंसिर २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्