सुनको मूल्य आज बढ्यो


 



काठमाडौं, मंसिर ७
बजारमा आज सुनको मूल्य फेरि बढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार तीन सय पुगेको छ । सुन शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने यथावत छ । आजपनि चाँदी प्रतितोला एक हजार दुई सय १० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी गत शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ७ मंसिर २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्