जाडो सम्बन्धी समस्यबाट जोगिन यस्ता छन् सात टिप्स




एजेन्सी
जाडो मौसमम शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । त्यसकारण जाडो याममा स्वास्थ्यमा विभिन्न समस्या देखा पर्ने गर्छन् । चिकित्सकहरूका अनुसार जाडो याममा छाला सम्बन्धी समस्या, स्वासप्रस्वास, हाड(जोर्नी दुख्ने, ढाड दुख्ने, रक्तचाप बढ्ने जस्ता समस्या देखिन्छन् । यसबाट जोगिन हामीले हाम्रो बानी, व्यवहार, खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । जाडो याममा हुने स्वास्थ्य सम्बन्धी समस्याबाट जोगिन अपनाउनुहोस यस्ता टिप्स :

चियाकफी कम पिउने स् जाडोमा ज्यान तताउला भन्ने सोचेले पटकपटक तातो चियाकफी पिउने गरिन्छ । तर, यसले उल्टो बेफाइदा गर्छ । चियाकफी बढी पिएमा शरीरमा क्याफिन र सुगरको मात्रा बढ्न पुग्छ । जसले गर्दा डिहाइड्रेट हुने, रगतमा चिनीको मात्रा बढ्ने, निद्रा नलाग्ने आदि हन्छ । चियाकफीको सट्टा जाडोमा तातो दूध, ग्रिन टी अथवा तातो पानी खाने बानी बसाल्नु उपयुक्त हुन्छ ।

पानी धेरै पिउने स् पानीलाई स्वास्थ्यको लागि सबै भन्दा उपज औषधीको रुपमा लिइन्छ । चिकित्सकहरुले पनि कुनै किसिमको बिरामी हुँदा पनि पानी धेरै पिउँनुस् भन्ने सल्लाह दिएको हामीलाई थाहा छदैछ । स्वस्थ्य रहनका लागि जाडोमा तिर्खा नलागे पनि बेलाबेलामा पानी पिउँदै गर्नुपर्छ । छाला जाडोमा फुस्रो हुने गर्छ, त्यो पनि पानी कम भएर हुने समस्या हो । अझ पानी कम भएको कारणले कब्जियत बढ्ने, ओठ फुट्ने आदि समस्या पनि देखिन्छ ।

विहान चाँडो उठ्न बानी बसाल्ने स् जाडोमा सिरकबाट निस्किन मन लाग्दैन । त्यही भएर जाडोमा ढिलो उठिन्छ । वर्षै भरि सुत्ने र उठ्ने समय एउटै बनाउन सके स्वास्थ्यलाई फाइदा हुन्छ । सुत्ने र उठ्ने समय भंग भएमा दीर्घकालमा अनिद्रालगायत समस्या उत्पन्न हुने जोखिम हुन्छ ।

घाम बढी नताप्ने  स् जाडोमा घाम स्वाभाविक रूपमा प्यारो हुन्छ । तर, धेरै बेर घाम ताप्नु हुँदैन । आधा अथवा पौने घन्टाभन्दा बढी घाम ताप्नु हुँदैन । लामो समय घाम तापेमा छाला डढ्ने, अनुहारमा चाया आउने लगायत समस्या देखापर्छ ।

सनब्लक लोसन लगाउने स् जाडोमा घाम चर्किएको महसुस नहुने भएकाले धेरैले जाडो याममा घाममा निस्किँदा सनब्लक लोसन लगाउँदैनन् । तर, छालालाई हानि गर्ने विकिरण जाडोमा पनि निस्किरहेको हुन्छ । त्यही भएर जाडोमा पनि सनब्लक लोसन लगाउन बिर्सिनु हुँदैन ।

न्यानो कपडा लगाउने स् जाडो याममा फेसनेबल र शरीर नछोपिने खालका कपडाभन्दा गम्म परेका लुगा लगाउनु उपयुक्त हुन्छ । जाडोमा हेलचेक्राइ गरे रुघाखोकी, ज्वरो, निमोनिया आदि हुने र नशामा रगत जम्नेजस्ता समस्या उत्पन्न हुन सक्छ ।

मास्क लगाएर मात्रै निस्कने स् जाडो याममा खास गरी विहानबेलुका कतै निस्किनु पर्‍यो भने मास्क लगाउन बिर्सिनु हुँदैन । किनकि, जाडोमा बिहान र बेलुका वायुमण्डलको तल्लो तहमा ब्याक्टेरिया, भाइरस लगायत जीवाणु बढी क्रियाशील हुन्छन् । साथै, धुलोका कण पनि यो समय वायुमण्डलको तल्लो तहमा जम्मा भएका हुन्छन् । यस्तोमा मास्क नलगाइ निस्किएमा श्वासप्रश्वास, छाला आदि सम्बन्धी रोग लाग्ने जोखिम बढ्छ ।

तातो पानीले बढी नुहाउने स् जाडोमा बाध्यता नै हुन्छ तातो पानीले नुहाउने । तर, तातो पानीले नुहाउँदा फाइदा भन्दा बेफाइदा बढी हुनसक्छ । बढी तातो पानीले धेरै बेरसम्म नुहाउँदा छालामा रहेको प्राकृतिक म्वाइस्चराइजर कम हुन गई छाला फुस्रो बन्छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News