शीर्ष स्थानको म्यान्चेस्टर सिटीलाई एभर्टनले एक एक गोलको बराबरीमा रोक्यो


 


1476584537football

काठमाण्डौ, असोज ३०

इङ्गलिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीलाई एभर्टनले १/१ गोलको बराबरीमा रोकेको छ ।

म्यान्चेस्टर सिटीको मैदानमा भएको खेलमा एभर्टनका रोमेलु लुकाकुले पहिलो गोल गरे । सिटीका नोलिटोले एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।

यो खेलमा म्यान्चेस्टर सिटीका केभिन डे ब्रायन र सर्जीयो अगुएरोले पाएको पेनाल्टी अवसरलाई खेर फालेका थिए ।

प्रिमियर लिग अन्तर्गतको अर्को खेलमा आर्सनल विजयी भएको छ । आर्सनलले स्वान्सी सिटीलाई ३/२ ले पराजित गरेको हो । आर्सनलको जितमा थियो वाल्कोटले दुई तथा मेसुत ओजीलले एक गोल गरे ।

यसैगरी टोटनह्याम हट्सपरले वेष्ट ब्रोमसँग १/१ गोलको बराबरी खेल्दा बर्नमाउथले हल सिटीलाई ६/१ ले पराजित गरेको छ । यसैगरी स्टोक सिटीले सण्डरल्याण्डलाई २/० ले हराँउदा वेष्ट ह्याम युनाईटेडले क्रिष्टल प्यालेसमाथि १/० को जित निकालेको छ ।

गएरातिका खेलहरुपछि इङ्गलिश प्रिमियर लिग फुटबलको अंक तालिकामा ८ खेलबाट १९ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ । समान १९ अंक जोडेको आर्सनल गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहँदा १८ अंकको साथ टोटनह्याम हट्सपर तेस्रो स्थानमा छ ।

एक खेल कम खेलेको लिरभपुल १६ अंकको साथ चौथो स्थानमा रहँदा समान १६ अंक जोडेको चेल्सी पाँचौ स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति: ३० आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्