नेपाली राष्ट्रिय फुटबल टोली द्धारा मलेसियामा हुने एएफसी सोलिडारिटी कपको तयारी सुरु


 


1476668912afc-solidarity-cupकाठमाण्डौ, कार्तिक १

यही कार्तिक १७ गतेदेखि मलेसियामा हुने एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको तयारी सुरु भएको छ ।

अखिल नेपाल फुटबल संघका अनुसार प्रमुख प्रशिक्षक ग्यातुकी कोजुले ३० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा बोलाएका छन् । बन्द प्रशिक्षण आइतबारबाट सुरु भएको छ ।

मलेसियामा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा ब्रुनाई र टिमोर लिस्टे रहेका छन् । सुरुमा बंगलादेश र पाकिस्तान यही समुहमा रहेपनि पछि दुबै देशले नाम फिर्ता लिएपछि नेपालले समुहमा दुई खेल मात्रै खेल्ने भएको हो ।

प्रतियोगिताको समुह ‘बी’ मा मकाउ, लाओस, मंगोलिया र श्रीलंका छन् ।

नेपालले आफ्नो पहिलो खेल कार्तिक २० गते टिमोर लिस्टेसँग खेल्नेछ ।

प्रकाशित मिति: १ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्