महिला क्रिकेट टोलीलाई जनही रु २५ हजार दिइने


 


mahila criketकाठमाडौँ, कार्तिक ३

हङकङमा भएको आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा दोस्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही रु २५ हजार दिने घोषणा गरेको छ । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले टोलीलाई बधाइ ज्ञापन गर्दै प्रोत्साहन स्वरुप उक्त रकम दिने घोषणा गरेका हुन् ।

उनले एसिया कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेमा अझ सम्मान गर्ने प्रतिबद्वतासमेत व्यक्त गरे । विश्वकप क्रिकेटको अन्तिम छनोट खेल्ने अवसर नपाए पनि नेपाल एसिया कप क्रिकेटका लागि भने छनोट भएको थियो ।

डबल राउन्ड रोबिन लिगका आधारमा खेलाइएको उक्त प्रतियोगितामा नेपाली महिला टोलीले दोस्रो स्थान हात पार्दै एसिया कपमा स्थान पक्का बनाएको हो । उक्त प्रतियोगितामा ६ खेल खेलेको नेपालले तीन खेलमा जित तथा तीन खेलमा हार व्यहोरेको थियो ।

प्रकाशित मिति: ३ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्