शेयर बजारमा दोहोरो अंकको गिरावट, कुन–कुन कम्पनीले कमाए धेरै ?


 



काठमाडौं, माघ २९
शेयर बजारमा आज साताको कारोबारको अन्तिम दिन दोहोरो अंकले गिरावट आएको छ ।

यस दिन नेप्से परिसूचक १६.११ अंकले घट्दा बजार २५२६.९२ विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । सेन्सेटिभ परिसूचक पनि राताम्मे नै छ । परिसूचक १.६६ अंकले घट्दा बजार ४६३.४७ विन्दुमा रहेको छ ।

बिहीवार कुल २ सय ६ कम्पनीको १ करोड ६० लाख ५८ हजार ४ सय ५८ कित्ता शेयर ८ अर्ब ४१ करोड १७ लाख ३२ हजार ३ रुपैयाँमा किनबेच भएको छ ।

बजार राताम्मे हुँदा बैंकिङ, विकास बैंक तथा मुचुअल फण्डमा लगानीकर्ताहरूको आकर्षण छ । यी उपसमूहबाहेक अन्य सबै उपसमूहको शेयर घटेको छ। यति हुँदा पनि विभिन्न कम्पनीहरूले नाफा कमाएका छन् । जसमा चंगी जनरल अस्पताल, लुम्बिनी विकास बैंक, ज्योति विकास बैंक लगायत रहेका छन् ।

यी कम्पनीहरूले क्रमशः ५.०३, ४ र ३.९८ प्रतिशत नाफा कमाएका छन् । यस्तै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, डेप्रोस विकास बैंक, आइएमई जनरल इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी नोक्सान व्यहोरेका छन् ।

प्रकाशित मिति: २९ माघ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्