फेसबुकमा ‘सुसाइड नोट’ लेख्दै भारतीय अभिनेताले गरे आत्महत्या


 



काठमाडौं, फागुन ४
फेसबुकना सुसाइड नोट लेख्दै भारतीय अभिनेता सन्दीप नाहरले आत्महत्या गरेका छन् ।

अक्षय कुमारको केसरी, एमएस धोनी बायोपिक लगायतमा अभिनय गरेका नाहरले फेसबुकमा लामो स्ट्याटस लेखेको केही घण्टापछि आत्महत्या गरेका हुन् ।

मुम्बई निवासी नाहरलाई साँझ बेलुका गोरेगाउँ पश्चिमस्थित एसआरभी अस्पताल लगिएकोमा मृत घोषित गरिएको थियो ।

फेसबुक पोस्टमा नाहरले आफ्नी श्रीमती र सासुआमाले कठोर हिंसा र ब्ल्याकमेल गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति: ४ फाल्गुन २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्