बस र ट्रक आपसमा जुध्दा ३ को ज्यान गयो, १३ जना घाइते


 


काठमाडौं, कार्तिक ४
सिराहामा यात्रु बस र ट्रक एकआपसमा जुध्दा तीन जना यात्रुको ज्यान गएको र अन्य १३ जना यात्रु घाइते भएका छन् ।
बुधबार राति सिरहाको मिर्चैयामा ना ५ ख ४८८९ नम्बरको यात्रुबस र ना ३ ख ४१३० नम्बरको ट्रक एकआपसमा जुध्दा दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा भारत सिक्किमकी ३३ वर्षीय पायल अग्रवाल, ३० वर्षीय विन्दीया गुरुङ्ग र पाँचथर रवी ६ की ३५ वर्षीय ननुका राई रहेका ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ४ जनालाई उपचारको लागि न्युरो अस्पताल विराटनगर लगिएकोे र सामान्य घाइते भएका अन्य ९ जनाको स्थानीय नर्सिङहोममा उपचार भईरहेको छ ।

दुर्घटनापछि फरार रहेका दुबै सवारी साधनका चालकको खोजी भईरहेको सिराहा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ४ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्