आर्यघाट लगिएको शव प्रहरीले किन लियो नियन्त्रणमा ?


 


savकाठमाण्डौ, कार्तिक ५

धनगढी उपमहानगरपालिका २ पुरानो भन्सार रोडका ४० वर्षीय नारायण उपाध्यायको शवलाई मोहना आर्यघाटबाट प्रहरीले नियन्त्रणमा लिई परीक्षण लागि सेती अञ्चल अस्पतालमा पु-याएको छ ।

उपाध्यायको बिहीबार एकाएक मृत्यु भएको र चितामा राख्ने तयारी गरेका बेला मुख, नाक र कानबाट रगत आएको देखेर छिमेकीले प्रहरीलाई खबर गरेपछि मसानघाटमा पु-याइएको शव प्रहरीले नियन्त्रणमा लिई अस्पताल पु-याइएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले अन्तिम दाहसंस्कार गर्ने क्रममा हत्या गरी मारेको सूचना पाएपछि मृतक उपाध्यायको शव परीक्षणका लागि अस्पातालमा पुगाइएको बताउनुभयो ।

उपरीक्षक विष्टले हत्याको आशङ्कामा मृतककी श्रीमती र उनको नाता पर्ने सालोलाई सोधपुछका क्रममा नियन्त्रमा लिएको पनि जानकारी दिनुभयो ।

प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्