पुरूष भलिबल प्रतियाेगिता सम्पन्न



koshiभाेजपुर, कार्तिक ६

कोशी युवा क्लबको आयोजनामा बडादशै तथा शुभदिपावलीको अबसरमा भाेजपुरकाे देउरालीमा आयोजित खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताकाे उपाधी गत बर्षकाे टिमले चुमेकाे छ । गत बर्षको कोशी रनिङ शिल्ड बिजेता टिमले नै कोशी रनिङ शिल्ड २०७३ कब्जा गर्याे भने देउराली १ मितेरी युवा क्लबले दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयाे ।

प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो ।  प्रतियोगितामा याङ्पाङ ९ तेस्रो भएको छ भने साङ्पाङ ६ सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा बिजयी टिम तथा खेलाडीहरु लाई प्रमुख अतिथी ने.क.पा.(एमाले) केन्द्रिय कमिटी सदस्य राजेन्द्रकुमार राई तथा विशेष अतिथि नयाँ शक्ति नेपालका केन्द्रिय कार्यसमिति सदस्य खेमराज नेपालीले पुरस्कार प्रदान गरे।

प्रतियोगितामा प्रथम हुने तुङेछा १ ले रु १५ हजार नगद, मेडल ,प्रमाणपत्र र रनिङ शिल्ड प्राप्त गर्‍यो भने दोस्रो स्थान प्राप्त गर्ने देउराली १ ले नगद रु १० हजार,मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । तेस्रो हुने याङ्पाङ ९ ले नगद रु ७ हजार,मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उता सान्त्वना स्थान प्राप्त गर्ने साङ्पाङ ६ ले नगद रु ४ हजार प्राप्त गर्‍यो ।

प्रतियोगितामा तुङेछा १ क सनम तामाङ सर्बोत्कृस्ट खेलाडी, देउराली १ मितेरी युवा क्लब का दिनेश भुजेल बेस्ट स्पाइकर र देउराली ५ का मानबहादुर थापा नबप्रतिभा खेलाडी घोषित भएका थिए भने बिजयी खेलाडीहरुले नगद रु १ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए। प्रतियोगिता असोज २७ देखी सन्चालन भएको थियो । समापन को दिन प्रमुख अतिथि द्वारा बिगत बर्षहरुमा खेल सन्चालनमा अतुलनीय सहयोग गर्नु हुने सहयोगी मनहरुको उच्च मुल्यांकन गर्दै कदर पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News