मानव तस्करी छानबिन समितिको प्रतिबेदन सार्बजनिक गर्न माग


 


gyapan-patraकाठमाडाैं, कार्तिक ६

नेपाली क्रिकेट समर्थक समाजले आज एक कार्यक्रमबिच राखेप सदस्य सचिब केशब बिस्टलार्इ क्रिकेटकाे आडमा गरिएको मानव तस्करी बिरुद्ध राखेपले नै गठन गरेको छानबिन समितले बुझाएको प्रतिबेदन सार्बजनिक गर्न ज्ञापन पत्र बुझाएकाे छ । दबाबस्वरूप समाजले ” छानबिन समिती को प्रतिबेदन सार्बजनिक गर्न ढिलाइ गर्दा तस्करहरु कानुनी दायरा बाट उम्कन सक्ने सम्भावना रहेको औल्याउदै छिटो सार्बजनिक गर्न माग गरेकाे हाे ।

प्रतिबेदन सार्बजनिक गर्दे दोषी नसमातिदा सम्म समाजको यो अभियान जारी रहने समाजका  अध्यक्ष भानु सिग्देलले बताए । राखेप सदस्य सचिब  बिस्टले ज्ञापन पत्र बुझ्दै समर्थक समाजले गरेको खबरदारीप्रति सजक रहेको बताए । छानबिन समितिले बुझाएको प्रतिबेदन दुइ तिन दिन भित्रै खेलकुद मन्त्रालय लाइ बुझाइने भएकाे छ ।

सम्भावित दोषीहरु बिदेसमा रहेको अाशंका गर्दे खेलकुद मन्त्रालयले गृह हुदै राष्ट्रिय अनुसन्धान विभाग मार्फत इन्टर्पोलको सहयोग लिएरै पनि दोषी कानुनी दायरामा आउने प्रतिबद्धता बिष्टले ब्यक्त गरेका छन् । समाजले क्रिकेट तस्कर बिरुद्ध यस अघि माइतिघर मन्डलामा शान्तिपुर्ण प्रर्दशन गर्दे खेलकुद मन्त्रीलार्इ ज्ञापन पत्र बुझाएपछि दवाव स्वरुप राखेपले छानबिन समिति गठन गरेको थियो ।

प्रकाशित मिति: ६ कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्