Deshko News
१४ आश्विन २०८०, आइतबार

महाअभियोग विषयमा आङकाजीले ओलीमाथि लगाए ५ घातक आरोप



काठमाडौं, कार्तिक ७

संघिय समाजवादी पार्टीका नेता आङकाजी शेर्पाले  अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नमा एमाले अध्यक्ष केपी ओलीको विशेष स्वार्थ रहेको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत स्ट्याटस लेख्दै ओलीसहित एमालेका शीर्ष नेताहरुले कमाएको अकुत सम्पतिको छानविन गर्नेे डरले लोकमानलाई महाअभियोग प्रस्ताव दर्ता गरेको हुन सक्ने भन्दै ५ अपमानजनक तथा घातक आरोप लगाएका छन् ।

यी हुन् ओलीमाथि लगाएकाका ५ घातक आरोप

(१) केपी ओलीका शुभेच्छुक पत्रकार कणकमणि दिक्षितलाई भ्रष्टचार अभियोगमा गिरफ्तार गरेको हुनाले ।

(२) केपी ओली लगायत एमालेका नेताहरूले कमाएको अकुत सम्पतिबारे छानबीन गरेर जेल हाल्ने डरले ।

(३) केपी ओलीको पार्टीलाई चन्दा दिन नमानेकोले ।

(४) केपी ओलीको पार्टीको सदस्यता लिन नमानेकोले ।

(५) महाअभियोग पास हुन सक्दैन भन्ने पूर्ण विश्वास भएकोले ।

प्रकाशित मिति: ७ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News