महाअभियोग प्रस्ताव पारित गर्न विद्यार्थीद्धारा प्रदर्शन



काठमाडा, ७ कात्तिक
अख्तियार प्रमुख लोकमान सिंह कार्कीवरुद्ध संसदमा दायर भएको महाअभियोग प्रस्ताव पारित गर्न माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले राजधानीमा प्रदर्शन गरेका छन् ।

कांग्रेस, एमाले, माओवादीका भातृसंगठनहरु लगायत विभिन्न दलसम्वद्ध १३ विद्यार्थी संगठनहरुले आइतबार दिउँसो माइतीघर मण्डलाबाट बानेश्वरसम्म प्रदर्शन र्याली गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले लोकमानको सम्पत्ति सार्वजनिक गर, विधिको शासन कायम गर, लोकमानलाई कारबाही गर लगायतका नारा घन्काएका थिए ।

विद्यार्थी संगठनहरुले सडक प्रदर्शनसँगै प्रमुख दलका शीर्ष नेताहरुलाई भेटेर महाअभियोग प्रस्ताव पारितका लागि दबाव दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News