फुटबल संघको नयाँ नेतृत्वका लागी आज निर्बाचन हुँदै


 


akhil-nepalकाठमाण्डौ , कार्तिक ८

अखिल नेपाल फुटबल संघ एन्फाको नेतृत्व चयनमा लागि आज विशेष साधारणसभा हुँदैछ ।

काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बिहान ९ बजेदेखि डाकिएको साधारणसभाले आगामी एक वर्षका लागि अध्यक्ष र एक जना उपाध्यक्ष चयन गर्नेछ ।

अध्यक्षका लागि हालका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्माछिरिङ शेर्पा चुनावी मैदानमा छन् ।

श्रेष्ठले अघोषित रुपमा पूर्व अध्यक्ष गणेश थापा समुहको प्रतिनिधित्व गरेका छन् भने शेर्पाले थापा विरोधी समुह बनाएर चुनावी अभियान बढाएका हुन् ।

यसैगरी एक उपाध्यक्षका लागि मणि कुँवर, दीपक खाती र उपेन्द्रमान सिंह मैदानमा छन् । एन्फाको यो १५ औं साधारणसभामा ६७ प्रतिनिधिले मतदान गर्नेछन् ।

यसैबीच, फिफा र एएफसीबाट आएका प्रतिनिधिले निर्वाचन प्रक्रियाबाटै अध्यक्ष र उपाध्यक्ष चुन्न लागेकामा खुसी ब्यक्त गरेका छन् ।

प्रतिनिधिहरुले निर्वाचन नगरेको भए एन्फासमेत निलम्बन हुन सक्थ्यो भन्ने मनसाय राखेको निर्वाचन समितिका संयोजक अजितकुमार केसीले जानकारी दिए ।

प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्