भारतलाई उछिन्दै दक्षिण एसियाको शीर्ष स्थानमा नेपाल



काठमाडौं, कात्तिक ८
कानुनी राज्य भएको देशहरुको सूचीमा नेपाल भारत भन्दा तीन अंकले अगाडी रहेको छ ।

वर्ल्ड जस्टिस प्रोजेक्टले सार्वजनिक गरेको रुल अफ ल इन्डेक्स २०१६ मा भारतलाई उछिन्दै नेपाल दक्षिण एसियामा सबैभन्दा राम्रो कानुनी राज्य भएको देश बनेको हो । विश्वका ११३ देशको सूचीमा भने नेपाल ६३ औं स्थानमा छ ।

सूचीमा दक्षिण एसियाली देशहरुमा नेपाल शीर्ष स्थानमा परेको छ । भारत नेपालभन्दा ३ स्थान तल अर्थात् ६६ औं स्थानमा छ । यस्तै श्रीलंका ६८, बंगलादेश १०३ र पाकिस्तान १०६ औं स्थानमा छन् ।

पाकिस्तान भने अफगानिस्तान, इथियोपिया, जिम्बाब्बे, क्यामरुन, इजिप्ट, कोलम्बिया र भेनेजुयलाभन्दा मात्र माथि छ ।

विश्वभरमा सबैभन्दा राम्रो कानुनी राज्य भएको देश भने डेनमार्क बनेको छ । नर्वे दोस्रो स्थानमा परेको छ भने तेस्रो स्थानमा फिनल्याण्ड छ । यसैगरी रुल अफ ल इन्डेक्समा बेलायत १० औं र अमेरिका १८ औं नम्बरमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News