बाघ महोत्सव मनाइँदै


 


baag-2काठमाण्डौ, कार्तिक ९

लोपोन्मुख प्रजातीका बाघको संरक्षणका लागि जनचेतना जगाउन बाघ महोत्सव सुरु गरिएको छ ।

कन्चनपुरको महाकाली नदीपारि रहेको दोधारा–चाँदनी नगरपालिकामा आजदेखि बाघ महोत्सव सुरु भएको हो ।

‘लोपोन्मुख प्रजातीका बाघको संरक्षण गरौं, वन्यजन्तुको अवैध चोरी–सिकारी नियन्त्रण गरौं भन्ने नाराका साथ शुक्लाफाँटा वन्यजन्तु आरक्षअन्तर्गत् गठन भएको सगरमाथा मध्यवर्ती उपभोक्ता समितिले महोत्सव आयोजना गरेको हो ।

बाघ महोत्सवमा बाघको बासस्थानको विस्तार, चोरी–सिकारी नियन्त्रण, बाघको अवैध अंग तस्करी नियन्त्रण तथा जंगली जनावर र मानवबीचको द्वन्द्व घटाउनेलगायतका जनचेतनामूलक कार्यक्रम रहेको महोत्सव संयोजक यशवन्त खड्काले बताए ।

महोत्सव कात्तिक १२ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्