अचानक किन पुग्यो? स्थानिय विकास मन्त्रालयको टोली बैतडी!


 


काठमाडौं, कात्तिक १०
बालमैत्री गाविस घोषणाका लागि तयारी अवस्थामा रहेको सिद्धेश्वर गाविसमा मङ्गलबार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको टोलीले अनुगमन गरेको छ ।

मन्त्रालयका उपसचिव गुरु सुवेदीको नेतृत्वमा गएको टोलीले गाविसमा बालमैत्री स्थानीय शासन अवलम्बन गर्नका लागि भइरहेका प्रयासका बारेमा अनुगमन गर्दै बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्य्विधिले तोके अनुसारका सूचक पूरा गरेको छ वा छैन भन्ने बारेमा छलफल गरेको छ ।

कुनै पनि स्थानीय निकायले बालमैत्री घोषणाका लागि २७ सेवामूलक र १२ संस्थागतसूचक पूरा गर्नुपर्ने हुन्छ ।

मन्त्रालयको टोलीले अनुगमन गर्दा गाविसले ती सबै सूचक पूरा गरेको गाविसका सचिव प्रेमसिंह बिष्टले जानकारी दिए ।

उनका अनुसार अनुगमन टोलीले बुधबार जिविसमा छलफल गरी मन्त्रालयमा प्रतिवेदन बुझाउने र टोलीले मन्त्रालयमा प्रतिवेदन बुझाइसकेपछि गाविसलाई बालमैत्री गाविस घोषणाको मिति तय गरिने छ ।

प्रकाशित मिति: १० कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्