म्यानचेस्टर युनाईटेड विजयी



man-chestarकाठमाण्डौ, कार्तिक ११

इङ्लिस लिग कप फुटबलअन्तर्गत बुधबार राति भएका खेलमा म्यानचेस्टर युनाईटेड विजयी हुँदा चेल्सी पराजित भएको छ ।

आफ्नै मैदानमा भएको खेलमा म्यानचेस्टर युनाईटेडले म्यानचेस्टर सिटीलाई १-० ले हरायो ।

खेलमा म्यानचेस्टर युनाईटेडलाई विजयी गराउन हुंवा माटाले ५४ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

राति नै सम्पन्न अर्को खेलमा वेष्ट ह्याम युनाईटेडले चेल्सीलाई २-१ ले हराएको छ ।

वेष्ट ह्यामका लागि कोयाटे र फर्नान्डेजले एक–एक गोल गरे । चेल्सीका ग्यारी केहीलले ९० औं मिनेटमा एक गोल फर्काएका थिए ।

लिग कप फुटबलकै अर्को खेलमा साउथह्याम्पटनले सण्डरल्याण्डलाई १-० ले हराएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News