मानव बेचबिखन तथा ओसारपसार गर्ने पक्राउ


 


काठमाडौं, कात्तिक ११

मानव बेचविखन तथा ओसारपसार गर्ने एक जनालाई प्रहरीले पक्रेको छ ।

पक्राउ पर्नेमा पाँचथर आङस्राङका ३९ वर्षीय छत्र बहादुर विश्वकर्मा रहेका छन् ।

उनी भारतको दिल्लीस्थित द्धारका मोडमा बस्दै आएका थिए ।

उनले विभिन्न बाहाना तथा प्रलोभन देखाई नेपालबाट दिल्ली हुँदै कुवेत, ओमन,कुर्दिस्तान लगायतका देशमा महिला बेचबिखन तथा ओसारपसार गर्दै आएका थिए ।

प्रहरीले उनलाई पिडीतले दिएको उजुरीका आधारमा बुधबार दिउँसो ललितपुरको बागडोलबाट पक्राउ गरेको हो ।

उनी १५वर्ष देखि मानव बेचविखन तथा ओसारपसार कार्यमा संलग्न रहेका र विभिन्न ४ जनाबाट क्यानडा पठाइदिन्छु भनी ठगेर ६० लाख भन्दा बढी रकम पनि लिएको अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
उनको साथबाट प्रहरीले विभिन्न व्यक्तिहरुको नाममा जारी भएको राहदानी १० थान, एटीएम ८ थान, नगद रु १ लाख २९ हजारसहित विभिन्न अन्य सामानहरु पनि बरामद गरेको छ ।

प्रकाशित मिति: ११ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्