झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने भारतीय नागरिक पक्राउ


 


काठमाडौं, कात्तिक ११

झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरको छ ।

झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने भारत गुजरात राज्य भाजलपुरका नागरिक श्यमालाल सरावगी (सरोगी) लाई प्रहरीले काठमाडौंको कुलेश्वरबाट मंगलबार पक्राउ गरेको हो ।

उनले २०३९ सालमा झुठो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट वंशजको आधारमा नागरिकता लिएका महानगरी अपराध महाशाखा टेकुले जनाएको छ ।

उनी कुलेश्वरमा बस्दै आएका प्रहरीले गोप्य सुचना पाएपछि सो विषयमा बुझी अनुसन्धान गर्दा भारतको गुजरातस्थित भाजलपुर घर भएका श्यामलालले २००९ मा भारतको निर्वाचन आयोगबाट पनि मतदाता कार्ड लिई परिचयपत्र समेत लिएको खुल्न गएको छ ।

उनले नेपालमा आएर झुठो विवरण पेश गरी वंशजको आधारमा नागरिकता लिई दोहोरो नागरिकता लिएकाले नागरिकता ऐन २०६३ अनुसार थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर पठाइएको छ ।

प्रकाशित मिति: ११ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्