प्रधान सेनापति क्षत्रीद्वारा श्री बराहदल गुल्मको निरीक्षण



pr-51-01

काठमाडौं, कात्तिक १३

प्रधान सेनापति राजेन्द्र क्षत्रीले पूर्वी पृतना अन्तर्गत रहेको सोलुखुम्बु जिल्लाको नाम्चेस्थित श्री बराहदल गुल्मको शनिबार निरीक्षण गरेका छन् ।

निरीक्षणको क्रममा उनले उक्त गुल्मको बस्तुस्थिति विवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरेका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सोही अवसरमा उनले सकलदर्जालाई सम्बोधन गर्दै उच्च मनोबलका साथ निस्वार्थ भावनाले अभिप्रेरित भई मुलुक र मुलुकबासीको हितमा अनुशासित, संयम एवम् पेशेवर ढङ्गले कटिबद्ध भई लाग्न निर्देशन दिए ।

निरीक्षणकै क्रममा उनले सोही जिल्लास्थित ईम्जा हिमतालको समेत अवलोकन गरे ।

निरीक्षण भ्रमण सम्पन्न गरी प्रधान सेनापति क्षत्री शनिबार नै काठमाण्डौ फिर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News