सामलिङ्ग पावरको आईपीओ आजबाट बिक्री खुला, क-कसले भर्न पाउँछन् ?


 


काठमाडौं, भदौ १८
सामलिङ्ग पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आज (शुक्रबार)देखि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला भएको छ ।

कम्पनीले आयोजना प्रभावित इलाम जिल्लाका स्थानीयहरुका लागि आईपीओ निष्काशन गरेको हो । निषेधाज्ञाका कारण स्थगित गरिएको कम्पनीको आईपीओमा आज (भदौ १८ गते) बाट पुनः खुला गरिएको हो ।

यसअघि कम्पनीले गत साउन २२ गतेबाट आयोजना प्रभावित प्रभावित क्षेत्रका बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता आईपीओ निष्कासन गर्ने भनेको थियो । तर कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय इलामले निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा जारी भएसँगै कम्पनीले साउन २० गते एक सूचना प्रकाशन गर्दै अर्को व्यवस्था नभएसम्मका लागि आईपीओ निष्कासन स्थगित गरिएको थियो।

कम्पनीले आयोजना प्रभावित इलामवासीका लागि प्रतिसेयर १०० अंकित मूल्यका ५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात् २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आजदेखि छिटोमा असोज १ गतेसम्म रहेको आवेदन दिन सक्नेछन् । सो समयभित्र बिक्री नभएका उक्त आईपीओमा ढिलोमा असोज १७ गतेसम्म आवेदन दिन सकिनेछ ।

आईपीओमा नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति: १८ भाद्र २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्