भर्जिनिटी फिर्ता आउँछ यस्तो उपचार गर्दा


 


 

तपाईले विभिन्न प्रकारका ब्युटी उपचारहरुको बारेमा सुन्नु भएको छ होला । ब्युटी सम्बन्धि विभिन्न प्रकारका कयौँ उपचार त स्वयं तपाईहरुले गराउनु भएको पनि छ होला ।

तर अब जुन ब्युटी उपचार बजारमा आएको छ त्यो कुनै पनि ब्युटी उपचार भन्दा कम छैन ।

तपाइले भर्जिनिटी फिर्ता पाउनुको लागि वजाइनल (योनि) मेम्बरेनको सर्जरीको बारेमा सुन्नु भएको छ होला तर के तपाई लाई थाहा छ अब तपाई आफ्नो वजाइना (योनी) को पुरानै आवस्था (भर्जिनिटी) पनि फिर्ता पाउनु सक्नु हुन्छ ।

तर कसरी ?

एन्टी एजिङ ‘ड्राकुला थेरापी’को बारेमा तपाईले सायद सुन्नु भएकै छ होला , जसमा तपाई आफ्नै शरीरको रगत केही उपचार पछि फिर्ता तपाईको आफ्नै शरीरको टार्गेट क्षेत्रमा इन्जेक्सन लगाउँछन् ।

जसले त्यो क्षेत्रको छाला युवा आवस्थाको जस्तो देखिन्छ । ठीक यहि तरिकाले अब ‘ड्राकुला वजाशल्स थेरापी’ वजाइना (योनी) को लागि प्रयोग गरिन्छ ।

यस थेरापीलाई ‘रेजुवुला’ पनि भनिन्छ । मेट्रो डट को डट युके को अनुसार यस उपचारमा बिरामीको शरीरबाट नै रगत लिइन्छ र त्यसलाई उनको वजाइना (योनी) मा इन्जेक्सन गरिन्छ ।

यस्तो दावी गरिएको छकि यस थेरापीबाट केवल ३० मिनेटमा स्वस्थ वजाइना(योनी)का साथै कस्स्एिको अर्थात टाइट वजाइना (योनी) पनि पाइन्छ ।

मेट्रो डट को डट युके मा छापिएको प्रतिवेदन अनुसार डा. डेनियल सिस्टर र नर्स क्लकडिया मेक्लाइनको दिमागको उपलब्धि यो उपचार पछि वजाइना (योनी) पहिलेको भन्दा बढी मांसपेशीयुक्त र टाइट अनुभव भएको छ र आर्गेज्मको अनुभव पनि पहिलेको भन्दा बढी फास्ट हुन्छ ।

यसले सेक्स प्रतिको महिलाहरुलाई मोह पनि बढ्छ । किनभने यसको एउटा फाइदा अरु पनि छ ।

यसबाट सेक्स गरिरहेका बेला हुने दुखाइमा पनि कमी आउँछ । यो उपचारको यत्रो लाभ देखनुभयो तर यस उपचार गर्नमा खर्च भने त्यति धेरै लाग्दैन ।

यसको लागि तपाईलाई डेढ लाख रुपैयाँ भन्दा कम नै खर्च गर्नु पर्ने हुन्छ ।तर यसको असर केवल एक वर्ष सम्म मात्रै रहन्छ ।

आजसम्म यो उपचार प्रविधि केवल लण्डन र आयरल्याण्डमा मात्रै छ । यो उपचार गरिसकेकी एक महिलाले भने अनुसार यसले उनको पुरै दुनियाँ बदलिएको छ ।

उनले भनेकी छन् ‘यस उपचारपछि मलाई वजाइना (योनी)मा केही सेंसेशन महसुश भएको थियो । तर भोली पल्ट बिहानै यो सेंसेशन यति बढी भयो कि त्यसपछि मेरो सेक्सको अनुभव नै अद्भुत रहयो ।’

अब निर्णय तपाईको हातमा । एजेन्सी

प्रकाशित मिति: १३ कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्