Deshko News
९ आश्विन २०८०, मंगलबार

संविधान संशोधनपछि मधेशी मोर्चाका सबै माग सम्बोधन



Prachanda-Chairman-of-Maoist-Centerकाठमाण्डौ, कार्तिक १४

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनमा दलहरु सहमति नजिक पुगेको दाबी गरेका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो खेल्न गएका संचारकर्मीसँग उनले संविधानलाई सहमतिको आधारमा छिट्टै संशोधन गरिने बताए ।

संविधान कार्यान्वयन अझै पनि चुनौतिपूर्ण रहेको भन्दै उनले संविधान संशोधनपछि मधेशी मोर्चाका सबै माग सम्बोधन हुने दाबी पनि गरे । राष्ट्रिय हितका लागि सबै दल एकतावद्ध हुनुपर्ने उनको भनाइ थियो ।

सरकारले स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचनको समेत तयारी थालिसकेको प्रधानमन्त्री दाहालले बताए ।

प्रकाशित मिति: १४ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News