बसको ढोकाबाट खसेर एक जनाको मृत्यु


 


कठमाडौं, कात्तिक १४
गेरखाको फुजेलबाट सदरमुकाम जाँदै गरेको ग १ ख २७८६ नं को बसको ढोकाबाट खसेर सोही बसका सहयोगीको शनिबार बिहान ज्यान गएको छ ।
बसका सहयोगी फुजेल–२ का १७ वर्षीय विकास परियारको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

घटना पछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: १४ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्