नवलपरासीमा जिल्ला स्तरिय कबड्डी प्रतियोगीता सुरू


 


रबिन्द्र यादव

नवलपरासी, कार्तिक १४

khelतिहार र छठ पर्वको अवसरमा नवलपरासीको सोमनीमा जिल्ला स्तरिय पुरुष कवड्डी प्रतियोगीता शुरु भएको छ । ईन्द्रेणी बाल क्लव नवलपरासीको आयोजनामा आयोजीत प्रतियोगीतामा जिल्ला भरीका करिब ३५ टिम सहभागी छन् ।

प्रतियोगीताको नवलपरासी निर्वाचन क्षेत्र.न. ६ का सांसद देवकरण प्रसाद कलवारले गरेका थिए । खेलको उद्घाटन गर्दै सांसद कलवारले खेल जगतले खेलाडी र राष्ट्रको पहिचान गराउने भएकाले खेल जगतलाई मर्यादित बनाउनपर्ने बिचार राखे ।

सो अवसरमा बोल्दै नेता कलवारले यस क्षेत्रको सग्रम विकास निमार्णमा आफु सदैब लाग्र्ने र यसकालागी क्षेत्रका जनताको साथ सदैब आफुहरुलाई आवश्यक भएको बताए ।

प्रतियोगीतामा बिजयी टिमले १५ हजार नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् भने उपबिजेताले १० हजार नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगीता कात्तिक१६ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति: १४ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्