दुर्घटनामा दुई जनाको मृत्यु


 


accidentकाठमाडौँ, कार्तिक १५

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनबल–५ मा माइक्रो बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना४ख ७८२४ नम्बरको माइक्रो बसले विपरित दिशातर्फ गुडिरहेको ना२९प २३८ नम्बरको मोटरसाइकलाई हिजो साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार नवलपरासी मध्यबिन्दु– ७ चोरमाराका ४७ वर्षीय परशुराम ढकाल र ३५ वर्षीय वैकुष्ठ अर्यालको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनीहरुको उपचारका लागि जिल्लास्थित पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: १५ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्