दीपावली मनाउँदा आगलागी, चार घर खरानीमा परिणत


 


काठमाडौं, कात्तिक १५

कपिलवस्तुमा दीपावली गर्ने क्रममा आगलागी हुँदा चार घर जलेर खरानी भएको छ ।

आइतबार बेलुका लक्ष्मी पूजा गरेर घरमा दीपावली गर्दा दियोबाट आगो सल्केर कपिलवस्तु नगरपालिका–१० सिकोटवामा चार घर जलेर खरानीमा परिणत भएको प्रहरीले जनाएको छ ।

आगलागीका कारण स्थानीय शिब्वड रैदास, राम विलास रैदास, राजु रैदास र भिख्खु रैदासको घर खरानीमा परिणत भएको छ ।

आगलागीबाट तीनीहरुको घरमा भएका ४ वटा सिलाई मेसिन, दुईवटा ईन्टरलक मेशिन, ७ हजार रुपैयाँ नगद र घरमा रहेका सबै लत्ताकपडा समेत जलेको छ ।

नगरपालिकाले पीडितलाई त्रिपाल, खाना पकाउने भाडाँ, केही राशन लगायतका सामग्रीहरु उपलब्ध गराएको कपिलवस्तु  नगरपालिका कर्मचारी जीवनाथ पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति: १५ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्