छठ लगत्तै संविधान संशोधन प्रस्ताव ल्याउने-प्रचण्ड


 


Prachanda-Chairman-of-Maoist-Centerकाठमाडौं, कार्तिक १५

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन र निर्वाचनका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् । उनले छठ लगत्तै संविधान संशोधन प्रस्ताव ल्याउने र त्यसपछि निर्वाचनको तयारीमा जुट्ने बताए ।

न्हुदँ समारोह समितिले आज नेपाल संवत् ११३७ को अवसरमा ललितपुरको पाटनमा आयोजना गरेको साँस्कृतिक र्‍यालीलाई सम्बोधन उनले छठ लगत्तै संविधान संशोधन प्रस्ताव ल्याउने र त्यसपछि निर्वाचनको तयारीमा जुट्ने बताए ।

मधेसी, थारु, आदिवासी जनजाति लगायतका जायज मागलाई संविधान संशोधनमार्फत पूरा गरेर निर्वाचन गरिनुपर्ने उनको भनाइ थियो ।

संविधान संशोधनका लागि राजनीतिक दलहरु सहमति नजिक पुगेको पनि उनले जानकारी दिए । विनाशकारी भूकम्पपछि जसरी नेपालका राजनीतिक दलहरु एकताबद्ध भएका थिए, अब पनि त्यसैगरी एकजुट हुनुको विकल्प नभएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

उनले नेपाल संवत् नेवार समुदायको मात्र नभई नेपाल सम्पूर्ण नेपालीको राष्ट्रिय संवत् भएको पनि बताए । उनले नेपाल संवतलाई अन्तर्राष्ट्रिय रुपमा रहेको इस्वी संवतसँग तालमेल हुनेगरी स्थापित गराउनुपर्ने खाँचो औंल्याए ।

प्रकाशित मिति: १५ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्