दाँवाली मिलन क्लबकाे देउसी भैलाेकाे उपहार क-कसलार्इ पर्याे ?


 


dawali-milan-clubकाठमाडाैं, कार्तिक १५

विगत वर्षहरूझैं याे वर्ष पनि दाँवाली मिलन क्लब काठमाडाैंले सामूहिक देउसी भैलाेकाे विशेष कार्यक्रम सम्पन्न गरेकाे छ । बानेश्वरस्थित अानन्द इभेन्ट्समा अायाेजना गरिएकाे कार्यक्रममा विभिन्न उपहारका कार्यक्रम समेत राखिएकाे थियाे ।

कार्यक्रममा कांग्रेस नेता एंव पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, पूर्व मन्त्रीहरू, शंकर प्रसाद काेइराला, शेरधन रार्इ, कुपासुर शेर्पा, सांसद तारादेवी रार्इ, अख्तियार अायुक्त सावित्री गुरूङ, प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र कुमार घिमिरे, सह सचिव उत्तर खत्री, समाजसेवी, कर्मचारीकाे उल्लेख्य उपस्थिति थियाे ।

रमाइलाे कार्यक्रममा काठमाडाैं बैंकक काठमाडाैं घुमफिरकाे अवसर बालगाेपाल श्रेष्ठले हात पारेका छन् । याे पुरस्कारकाे नेपाल एयरलाएन्सले उपलब्ध गराएकाे हाे । त्यस्तै माउण्टेन फ्लाइटकाे अवसर उत्तर खत्रीले प्राप्त गरेका छन् । याे पुरस्कार बुद्द एयरले साैजन्य गरेकाे हाे ।

त्यस्तै काठमाडाैं भाेजपुर घुम्ने तारा एयरकाे टिकट  देवी घिमिरेले  प्राप्त गरेका छन्, यसकाे व्यवस्था तारा एयरले गरेकाे हाे । सन्ताेषमणी न्याैपानेलार्इ हाेटेल द कान्तिपुर पाेखरामा दुर्इ रात बस्ने अवसर मिलेका छ भने सुमन्त शर्माले श्रेष्ठ टेलरिङबाट सुटपिस प्राप्त गर्ने भएका छन् ।

उपहार डटकमबाट पाँच जनाले कफी मग पाउने भएका छन् भने स्काइ एजुकेशन कन्सल्टेन्सीबाट १० जनाले निशुल्क अाइएलटिस लगायतका कक्षाहरू लिन पाउने भएका छन् । कार्यक्रममा देउसी भैलाे खेलिएकाे क्लबले जनाएकाे छ । संस्कृतिकाे जगेर्ना गर्ने उदेश्यले क्लबका सबै सदस्य तथा विशिष्ट ब्यक्तिहरूमाझ कार्यक्रमकाे अायाेजना गरिएकाे क्लबका अध्यक्ष राेशन श्रेष्ठले बताए ।

प्रकाशित मिति: १५ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्