२४ जनामा ओमिक्रोन : कुन-कुन जिल्लाबाट गरिएको थियो नमुना संकलन?



काठमाडौं, पौष २४
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरिबाट पुस महिनामा संकलित ११ सय ४६ पोजेटिभ नमुनामा २४ जनामा ओमिक्रोन देखिएको जनाएको छ।

संकलित नमुनामध्ये प्रदेश नम्बर १ बाट ९, प्रदेश २ को वीरगञ्जबाट ४३, लुम्बिनी प्रदेशको दाङबाट २० नमुना जीन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको अन्नपूर्ण जिल्ला संबाददाताहरुले जानकारी दिएका छन्।

लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देहीको बेलहैया नाकाबाट २८, नेपालगञ्चस्थित भेरी अस्पतालबाट १० र पाल्पाबाट ५ नमुना जिन सिक्वेन्सिङका लागि काठमाडौं पठाइएको थियो। लुम्बिनी प्रदेशमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका भैरहवाका ल्याब इन्चार्ज प्रेमकुमार यादवले भने, ‘संकलित नमुनामध्ये केही रिपोर्टमा ओमिक्रोन देखिएको छ। संख्या एकीन भएको छैन।’

त्यस्तै कर्णाली प्रदेशबाट पनि जिन सिक्वेन्सिङका लागि काठमाडौं नमुना पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News