म्यानचेष्टर सिटीको जित


 


man-city-2काठमाडौँ, कार्तिक १७

च्याम्पियन्स लिग फुटबलमा म्यानचेष्टर सिटीले बार्सिसलोमाथि शानदार जित हात पारेको छ । यससँगै उसले नाउ क्याम्पमा ब्यहोरेको हारको बदला लिएको छ ।

च्याम्पियन्स लिगको समूह चरण अन्तरगत गय राति भएको खेलमा सिटीले बार्सिलोनामाथि ३-१ को जित हात पारेको हो । दुर्इ साता अघि नाउक्याम्पमा भएको भेटमा सिटी ४-० ले पराजित भएको थियो ।

सिटीको घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा बार्सिलोनाले २१ औं मिनेटमा लिओनल मेस्सीको गोलबाट अग्रता लिएको थियो । काउन्टर अट्याकमा नेयमारले दिएको पासमा मेस्सीले च्याम्पियन्स लिगमा ९० औं गोल गरेका थिए ।

तर, ३९ औं मिनेटमा गुन्डोगनले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । सार्गी रोबर्टोको गल्तीको फाइदा उठाउँदै राहम स्टलिङले गोलपास मिलाइदिएका थिए ।

५१ औं मिनेटमा केभिन डि ब्रुयेनले डि बक्स बाहिर पाएको फ्रिकिकमा गोल गर्दै म्यानचेष्टर सिटीलाई अग्रता दिलाए भने ७४ औं मिनेटमा गुन्डोगनले व्यक्तिगत दोस्रो गोल गर्दा घरेलु टोलीले जित सुनिश्चित गर्‍यो ।

बार्सिलोनाको खेलमा जेरार्ड पिकेको डिफेन्सिभ पावर र मिडफिल्डमा आन्द्रे इनिष्टाको अभाव देखिएको थियो । यद्यपि उसका तीन स्टार मेस्सी, नेयमार र स्वरेज थिए, जो दोस्रो हाफमा प्रभावशाली रहेनन् ।

प्रकाशित मिति: १७ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्