धेरै सेक्स गर्नुहोस् मुटु रोगलाई जित्नुहोस् (यस्तो छ हर्ट अट्याक हुनबाट बचाउने तथ्य)


 


मुटुको रोगबाट ज्यान गुमाउने बिरामीको संख्या दिन प्रति दिन बढ्दै गइरहेको छ । यस्तोमा एक किताबले सुझाव दिएको छ केही मुटु रोग भएका मानिसहरुका लागि यी तरिका धेरै फाइदाजनक हुनसक्छन् ।

उक्त किताबका अनुसार एक व्यक्तिलाई आफ्नो मुटु बलियो बनाउनको लागि जमेर सेक्स गर्नुपर्छ । ७ घण्टा सुत्ने गर्नुपर्छ । देशी खानपिन र काच्चो ल सुनको खाने गर्नु पर्छ ।

उक्त किताबको नाम ‘हार्ट द इन्साइड स्टोरी अफ आवर बडीज मोस्ट इम्पोटेन्ट आर्गन’ जसलाई पूर्व महामारीविद जोहांस हिनरिच वान बस्र्टलले लेखेका हुन् ।

उक्त किताबमा लेखिएको छकी कुनै यस्तो व्यक्ति सँग यौनसम्बन्ध बनाउनाले मुटु बलियो हुन्छ, जसलाई तपाई प्रेम गर्नुहुन्छ नकि सबै सँग यौनसम्बन्ध होइन ।

उनले भनेका छन्,‘सम्भोग गर्दा मुटुका सबै तत्त्वहरुले वर्कआउट गर्छन् र जसले धेरै मात्रामा हार्मोन उत्पादन हुन्छ । यी हार्मोनहरुले हाम्रो मुटु तत्त्वहरुको रक्षा गर्नमा अहं भुमिका खेल्छन् ।’ मुटुलाई बलियो बनाउन मदत गर्ने एक कारक तत्त्व निद्रा पनि हो ।

युनिभर्सिटी अफ वारविकका अध्ययनकर्ताहरुले पत्ता लगाए अनुसार जुन मानिसहरु ६ घण्टा भन्दा पनि कम सुत्छन् उनीहरुलाई मुटु रोग हुने सम्भावना ४८ प्रतिशत भन्दा धेरै हुन्छ । र मुटुका दौरा पर्ने सम्भावना १५ प्रतिशतले बढ्न जान्छ ।

अर्कोतर्फ बढी सुत्नाले पनि शरीरलाई नोक्सान पुग्न सक्छ । यस्तोमा एक जना वयस्क पुरुषको लागि ७ घण्टा सुत्नु धेरै फाइदाजनक हुन्छ ।

निद्रा र सेक्स बाहेक खानपानले पनि मुटुका बिरामीहरुमा धेरै असर पार्छ । यदि तपाइ देशी खानपिन र सागसब्जीमा ध्यान दिनुहुन्छ भने तपाइलाई मुटु रोग लाग्ने समभावना कम हुनजान्छ ।

बस्र्टलले बताए अनुसार पिधेंको लसुन दिनमा दुई देखि तीन चम्चा खाने गर्नाले ब्लड प्रेसर कम हुन्छ । लसुनले रगतलाई पातलो बनाउन्छ । जसले गर्दा यसको बग्ने गति सही रहन्छ । र अर्को तर्फ यसले कुनै हानी पनि पुर्याउँदैन । एजेन्सी

प्रकाशित मिति: १७ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्