प्रहरीबीच खुकुरी हानाहान



काठमाडौं, कार्तिक १८

नेपाल आयल निगमको बबरमहलस्थित कार्यालयको सुरक्षामा खटिएका दुई सुरक्षाकर्मीबीच खुकुरी हानाहान भएको छ । प्रहरीले आफ्नै सहकर्मी वीरेन्द्र शाहीलाई खुकुरी प्रहार गरेको आरोपमा थानबहादुर लामालाई पक्रेको छ ।

प्रहरीका अनुसार बबरमहलस्थित निगमको कार्यालयमा ड्युटीमा खटिएका सुरक्षाकर्मीबीच आपसमा विवाद हुँदा थानबहादुर वीरेन्द्रलाई खुकुरी प्रहार गरेका थिए । प्रहरीले घटनामा घाइते वीरेन्द्रलाई उपचारका लागि वीर अस्पताल लगेको छ ।

यस्तै बानेश्वर सुकुमबासी टोल बस्ने विक्रम राई, बिक्रम घले मगर र समिर लिम्बूलाई मंगलबार बानेश्वर क्याम्पसअगाडि अपरिचित व्यक्तिले छुरा प्रहार गरी घाइते बनाएको छ ।

घाइेतमध्येका राई र मगरलाई शिक्षण अस्पताल पठाएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा अनिस खत्रीसमेत ६ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News