कुमालको पेशा संकटमा



रबिन्द्र यादव/­ नवलपरासी, कार्तिक१८

kumalविद्युतिय झिलमिलीले कोहार जातीका पेसा संकटमा परेको छ ।माटोकोे दियो, गाग्रो, घंटी, पाला, जातो, नदिया, सिंगारदान, चुलो समेत बनाई आम्दानी गर्दै आएकाको हार पेसाकर्मीहरु अलिहे रेडिमेड झिलमिली बत्ति, बल्ब, भाँडोकुडोका कारण एकदशक देखि पेशासंकटमा पर्दै गएको हो ।

खासगरि दिपावली, छठ तथा विभिन्न चाँडपर्वका बेला घरलाई उज्यालो बनाउन र सिंगार्न माटोकै दियो, पालो, गागरो, र घंटीहरुले प्रयोगले संस्कार बस्दै आएको थियो तर अहिले रेडिमेट बति तथा प्लास्टिक,स्टिलका भाँडोकुडोले पेशा संकटमा परेको हरपुर निवासी पुर्णवाशी कोहांरले बताउनु भयो ।

पुर्णवाशी विगत ५० वर्षदेखि माटोकै विभिन्न भाडाकुडा, दियो पालो, घंटी, गागरोहरु बनाउदै आएका थिए । एक दशक अगाडी बतिबल्ब तथा स्टिल र प्लास्टिककाभाँडाकुडोको व्यापक प्रयोग नहुँदा घरमै मान्छेहरु खरिद गर्न आउँथे र हामी सम्पुर्ण घरपरिवारले कामगर्न भ्याई नभ्याई हुन्थयो तर यता एक दशक पछिघरपरिवार त पर जाओस मुख्य मिस्त्री म नै समेत बेरोजगार हुनु पर्ने अवस्था रहेको पुर्णवासीले बताउनु भयो ।

पहिला शुभ दिपावली तथा छठपर्वका बेला मात्रै लाखांै नगद सहित ३-४ क्विन्टले धान समेत दियो रगागरोबाटआर्जन गरिन्थयो । चाँडपर्व बाहेकका समयमा पनि तयारीगाउँगाउँ गई दियो, हांडि, जातो, गागरो, घंटी, घोलक, चुलोहरु समेत विक्री गर्दथ्यांै तर आजका दिनहरुमा गाउँभरि घुमेपनिकोई किन्नवाला भेटिदैन हाम्रो मुख्य आम्दानीको श्रोत नै ओझेलमा परेको पुर्णवासी दुख व्यक्त गर्नु भयो ।

यसरी हिन्दु धर्मकोसंस्कारलाई स्टिल, पलास्टीक तथा विद्युतिय सामाग्रिको प्रयोगले माटोको कलात्तमके सामाग्रिको ब्यापार खस्किदैगएको कोहार पेसाकर्मी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News