स्यालको टोकाइले ज्यान गएपछि मृतकलाई शहिद घोषणा गर्न माग गर्दै चक्काजाम



shyal

काठमाडौं, कात्तिक १८

रौतहटमा स्यालको टोकाइबाट ज्यान गुमाएकालाई शहिद घोषणा गर्न माग गर्दै चक्काजाम गरिएको छ ।

गरुडा नगरपालिकाका एक जना शिक्षकको स्यालको टोकाइबाट ज्यान गएकाले उनलाई शहिद घोषणा गर्न र अन्य डेढ दर्जन घाइतेहरुलाई उपचारको माग गर्दै रौतहटको व्यापारिक केन्द्र गरुडामा बिहिबार बिहान ९ बजे देखि १२ बजे सम्म तीन घण्टा चक्काजाम गरिएको हो ।

पिडितपक्ष र स्थानीय प्रशासनबिच मृतकलाई सहिद घोषणा गर्नेबाहेक डेढ दर्जन घाईतेलाई थप उपचारका लागि आजै एम्बुलेन्सबाट काठमाण्डौ पठाउने सहमति भएपछि चक्काजाम खुलाइएको बैठकमा सहभागी एसपी गणेश रेग्मीले जानकारी दिए ।

उनका अनुसार असोज दोस्रो साता स्यालको टोकाइबाट गरुडा नगरपालिका ३ महमदपुरका शिक्षक बसन्त यादवको ज्यान जानुका साथै विभिन्न स्थानमा अन्य २५ जना घाइते भएकाले चक्काजाम गरेको हो ।
घरमा चर्पी नभएपछि दिशा गर्न बाहिर गएका बेला उनीहरुलाई स्यालले टोकेको हो ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News