यस्तो छ व्यापक विरोधकाबीच मुखर्जीको नेपाल भ्रमणको भित्री रहस्य


 


mukharji-bhandari

काठमाडौं, कात्तिक १८

भारतका राष्ट्रपति प्रणव मुखर्जी यतिबेला नेपालको तीन दिने भ्रमण लागि काठमाडौंमा रहेकाछन् ।

गत वर्षको भारतीय नाकाबन्दी नभुलेका नेपालीहरुले भारतका राष्ट्रपतिलाई खुलेर स्वागत गर्न सकेका छैनन् । सामाजिक सञ्जालहरुमा उनको नेपाल भ्रमणको व्यापक विरोध भइरहेको छ ।

नेपालमा भारत विरोधी भावना उच्च रहेको समयमा आखिर किन आए त भारतीय राष्ट्रपति नेपाल भ्रमणमा ?

यसको रहस्य भारतीय अखबार हिन्दुस्तान टाइम्सले खोलेको छ ।

यति हुँदाहुँदै उनको नेपाल भ्रमणको उद्धेश्य भने चीनले नेपालमा बढाइरहेको प्रभाव न्यूनिकरण गर्न रहेको भारतीय उक्त अखबारले उल्लेख गरेको छ ।

भारतीय प्रधानमन्त्रीले १७ वर्ष पछि र भारतीय राष्ट्रपतिले १९ वर्ष पछि नेपाल भ्रमणको उद्धेश्य नेपालसँग बढेको दुरी हटाउनु र नेपालमा बढिरहेको चिनियाँ प्रभाव कम गर्नु रहेको उक्त पत्रिकामा उल्लेख छ ।

नेपालको संविधानमा मधेशीको मुद्धालाइ लिएर भारत रिसाएको भएपनि चीनको प्रभाव बढ्न नदिन अन्य परियोजनाहरु द्रुत गतिमा अघि बढाउने तयारीमा भारत रहेको समेत उक्त पत्रिकाले उल्लेख गरेको छ ।

चीनले नेपालमा उर्जा, रेल र इन्धनमा आफ्नो स्थान बनाउन खोजेपनि भारतले त्यसो गर्न नदिने समेत हिन्दुस्तान टाइम्समा दावी गरिएको छ ।

यद्यपी नेपालमा बढिरहेको प्रभावको प्रतिस्पर्धाले चीन, नेपाल र भारतबीच त्रिपक्षीय साझेदारीको सम्भावनालाई पनि बढाइरहेको उक्त पत्रिकाले विश्लेषण गरेको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्