मुखर्जीलाई नगरबासीको तर्फबाट नागरिक अभिनन्दन


 


nagarik-avinandan-programme-to-mukharji

काठमाडौं, कात्तिक १८

काठमाडौं महानगरपालिकाले भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई नगरबासीको तर्फबाट नागरिक अभिनन्दन गरेको छ ।

महानगरपालिकाले राष्ट्रिय सभागृहमा उनको भव्य रुपमा नागरिक अभिनन्दन गरेको हो ।

महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले अभिनन्दन पत्र पढेर सुनाउँदै, ‘भारतका जनताप्रति नेपाली जनता उदार रहेका छन् । नेपाली र भारतबीचको मित्रता अमर रहोस् ’ भने ।

उनले राष्ट्रपति मुखर्जीलाई महानगरको साँचो र काठमाडौं उपत्यका उत्पत्तिको कथा जोडिएको मन्जुश्रीको मुर्ती समेत प्रदान गरे ।

अभिनन्दन कार्यक्रमलाई म्बोधन गर्दै राष्ट्रपति मुखर्जीले नेपालको दिगो विकासका लागि भारत सदैव साथमा रहने बताए ।

प्रकाशित मिति: १८ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्