प्रचण्ड सरकार विरुद्ध विप्लव माओवादीले प्रदर्शन गर्दै


 


काठमाडौं, कात्तिक १८
प्रचण्ड सरकारले भारतसँग अति नै लम्पसार परेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गर्ने भएको छ ।

विप्लव नेतृत्वको माओवादीले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै शुक्रबार दिउसो १२ बजे रत्नपार्कबाट विरोध जुलुस सुरु गर्ने जनाएको छ ।

नेपालप्रति हेपाहा प्रवृति राख्दै आएको भारतसँग एउटा स्वाधीन देशको पहिचान देखाउनुको सट्टा उल्टै गुलामी गर्नतिर वर्तमान सरकार लागेको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बताए ।

उनले अर्काे देशको राष्ट्रपतिलाई आफ्नो देशमा भित्र्याउन सार्वजनिक विदा दिइनु, राजधानीमा सेना समेत उतारेर अघोषित कर्फ्यू लगाइनु र जनतालाई ठूलो सास्ती दिनेगरी सडक बन्द गर्ने कार्यले वर्तमान सरकारको दलाल प्रवृति प्रष्टिएको बताए ।

 

प्रकाशित मिति: १८ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्