Deshko News
१३ आश्विन २०८०, शनिबार

भारतले पाकिस्तान विरुद्ध गोरखा सैनिक उतारेको भन्दै काठमाडौंस्थित भारतीय दुतावास घेराउ गरिने



काठमाडौं, कात्तिक १८
पछिल्लो समय भारतले पाकिस्तानसँगको लडाइँमा गोरखा सैनिक उतारेको भन्दै ‘विप्लव’ माओवादीले त्यसको विरोधस्वरुप भारतीय दुतावास घेराउ गर्ने भएको छ ।

बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै विप्लव नेतृत्त्वको नेकपा माओवादीले पाकिस्तान विरुद्ध भारतले गोरखा सैनिक प्रयोग गरेको भन्दै त्यसका विरुद्ध राजधानीमा शुक्रबार प्रदर्शन गर्ने जनाएको छ ।

पाकिस्तानसँगको लडाइँमा पछिल्लो समय गोरखा सैनिकमा कार्यरत धरानका विमल तामाङको मृत्यु भएको थियो ।

त्यसको विरोध गर्दै गोरखा सैनिक फिर्ता गर्न माओवादीले उक्त विरोध प्रदर्शन गर्ने जनाएको छ ।

रत्नपार्कबाट विरोध प्रदर्शन कार्यक्रम सुरु गरी लैनचौरस्थित भारतीय दुतावास अगाडि पुगेर कोणसभामा परिणत गर्ने माओवादी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए ।
उक्त विरोध प्रदर्शन कार्यक्रममा माओवादीका शीर्ष नेताहरुले सम्वोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News