दुई समूहबीच झडप


 


jhadapकैलाली, कात्तिक १८

कैलालीको टीकापुरस्थित टीकापुर बृहत् उद्यानमा वनभोज खान गएका दुई समूहबीच आज झडप हुँदा सातजना घाइते भएका छन् ।

बर्दियाको राजापुरबाट गएको टोली र टीकापुरको टोलीका सहभागीबीच एकापसमा कुटपिट हुँदा राजापुरका बसन्त चौधरी, कस्यप चौधरी, सागर चौधरी, दजित चौधरी, गणेश चौधरी रुनेश चौधरी र राधे चौधरी तथा टीकापुरका ध्वजबहादुर साउद घाइते भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

घाइते सबैलाई टीकापुर अस्पतालमा भर्ना गरिएको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्