नेपाल बैंकका ग्राहकलाई दराज मार्फत सामान खरिद गर्दा विशेष छुट


 


काठमाडौं, चैत २२
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रा.लि. बिच बैंकमा खाता रहेका ग्राहकहरुलाई नेपाली नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

मंगलबार भएको सम्झौता अनुसार यो योजना २०७८ चैत्र २८ देखि लागू हुनेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र दराजको तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले हस्ताक्षर गर्नुभएको छ ।

नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँग साझेदारी गरेको यो पहिलो पटक हो । नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १०% वा रु १,००० सम्मको छुट र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु १,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट प्रप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्छ । त्यसको लागि ग्राहकहरुले नेपाल बैंकको शाखाहरुमा सम्पर्क गर्नु पर्दछ । बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आजै आवेदन दिन समेत आग्रह गरेको छ ।

सम्झौता समारोहमा बोल्दै नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारीले यस्ता डिजिटल सेवाहरू बढाएर र नयाँ प्राविधिक आविष्कारहरू सँग अनुकूलन गरेर नेपालको सम्पूर्ण बैंकिङ्ग उद्योगलाई नयाँ आकार दिन सकिने बिचार व्यक्त गर्नुभयो ।

दराजकी प्रबन्ध निर्देशक श्री आँचल कुवँरले नेपालको पहिलो तथा सबल बैंकसंग सहकार्य गर्न पाएकोमा खुशि व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: २२ चैत्र २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्